जयकृष्ण यादव
इनरुवा, पुस १६ गते । सुनसरीमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यविधि मस्यौदा तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन मस्यौदा तयार गरेको हो ।
अधिकारकर्मी शम्भु अधिकारीसहितको टोलीले लागुऔषध दुर्व्यसनविरुद्धको अभियान फ्यान जिल्ला कार्य सम्पादन समितिको काम, विद्यालयस्तर र स्थानीय तहसम्मको गतिविधिलाई प्रभावकारी बनाउन कार्यविधि मस्यौदा गर्नुभएको हो ।
अधिकारी सहितका सदस्यहरुले स्थानीय तहसहित विद्यालयमा सञ्चालन गरिने फ्यानका कार्यक्रमलाई प्रभावकारी बनाउन १० पृष्ठको मस्यौदा तयार गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सबिना लिम्बूलाई मस्यौदा पत्र बुझाएको हो ।
लागूऔषध दुर्व्यसनविरुद्धको अभियानलाई सार्थक बनाउने जिल्ला प्रहरी कार्यालय सुनसरीको योजना कार्यान्वयन गर्न मस्यौदा तयार गरिएको लागु दुर्व्यसनविरुद्धको अभियान व्यवस्थापन तथा परिचालन कार्यविधि मस्यौदा समितिका सदस्य विमला ढकालले जानकारी दिनुभयो ।
मस्यौदा समितिमा वरिष्ठ अधिवक्ता प्रमुख सल्लाहकार कृष्णप्रसाद दाहाल, संयोजक शम्भु अधिकारी, सहसंयोजक उत्तमकुमार सुवेदी, सदस्य विमला ढकाल, जयकृष्ण यादव, कृष्णप्रसाद ढकाल, विमला घिमिरे रहनुभएको छ । सुनसरीको ७२ सामुदायिक विद्यालयमा लागू औषध दुर्व्यसनविरुद्धको अभियान फ्यान क्लब गठन भएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई भूमिकासहित आबद्ध गराउने, मासिक कार्यक्रम गर्ने र विद्यार्थीहरुलाई लागू औषध दुर्व्यसनबाट मुक्त राख्न सचेतनामूलक कार्यक्रम गर्ने लगायतका सवाल समेटिएको छ ।