मन बाँधेर साँध लाउन थिएन यो मन त
बाँध लगाई थुनिएर कहाँ पोखिनु अन्त ?
बाँध्छु बरु तिमीसँगै– तिम्रै मनको छेउमा
बग्छु यतै खोली हुँदै जम्ने छैन लेउमा
घामसँगै छाया बनी डुल्ने थियो मन त
नरमाए यही आकाशमा कहाँ रमाउनु अन्त
तिमी बर हौ चौतारीको म त पात बरको
ओइलिएर झरे पनि पलाउने छु अर्को
काँडासँगै फूल बनी फुल्ने थियो मन त
दुखाएर काँडाको मन कहाँ फुल्नु अन्त ?