राधा लुइटेल
फिदिम, पुस १२ गते। चर्च ब्वाइज क्लब काठमाडौँ फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार बन्न सफल भएको छ।
शुक्रबार पाँचथरको फिदिमस्थित फिदिम माविको खेल मैदानमा सम्पन्न सेमी फाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराँउदै उक्त टिम फाइनलमा प्रवेश गर्न सफल भएको हो।
चर्च ब्वाइजले आयोजकलाई ३–१ गोल अन्तरले हरायो। चर्च ब्वाइजका तर्फबाट समिर तामाङ, अर्माण्ड वाइडम र फोफोना आवायामीले १–१ गोल गर्दा आयोजकका दिनेश शेर्माले मात्रै एक गोल गर्नुभयो।
चर्च ब्वाइजका फोफोना अवायामी म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरकार प्राप्त गर्नुभयो।
शनिबार हुने प्रतियोगिता मच्छिन्द्र क्लब काठमाडौँ र न्युरोड क्लब काठमाडौँ बिच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जानकारी दिएको छ।
प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ। प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपियाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।