• २२ असार २०८२, आइतबार

कलेजका लागि नगरपालिकाले जग्गा दिने

blog

बर्दीबासमा भेटेरिनरी कलेज स्थापनाका लागि जग्गा दर्ता सिफारिस समितिको बैठकमा छलफल हुँदै । तस्बिर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता

बर्दीबास, पुस ६ गते । मधेश कृषि विश्वविद्यालयले बर्दीबासमा पशु सङ्काय स्थापना गर्ने भएको छ । विसं २०७८ मङ्सिरमा स्थापना भएको यस विश्वविद्यालय अन्तर्गत कृषि, पशु स्वास्थ्य तथा पशु विज्ञान, मत्स्य विज्ञान, खाद्य प्रविधि र वन विज्ञान गरी पाँच सङ्काय छन् । यसमध्ये पशु स्वास्थ्य तथा पशु विज्ञान सङ्काय अन्तर्गत बर्दीबासमा कलेज स्थापना हुन लागेको हो ।

यसका लागि बर्दीबास नगरपालिकाले वडा नं. १३ बिजलपुरास्थित रातु नदी उकासको जग्गा उपलब्ध गराउने निर्णय गरेपछि भेटेरिनरी कलेज निर्माणको बाटो खुलेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख पवन कार्कीका अनुसार बिजलपुरामा ६७ बिघा नदी उकास जग्गामध्ये ५१ बिघा कृषि विश्वविद्यालयलाई ४० वर्षलाई लिजमा दिने निर्णय गरिएको हो । 

नगरपालिकाको निर्णयपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको पाँच सदस्यीय जग्गा दर्ता सिफारिस समितिले नगरपालिकाको यो निर्णयलाई अनुमोदनसमेत गरेको छ । प्रजिअ अध्यक्ष रहेको सिफारिस समितिमा डिभिजन वन, नापी र कोलेनिका कार्यालयका प्रमुख सदस्य रहने र मालपोत प्रमुख सदस्यसचिव रहने ब्यवस्था छ । 

प्रजिअ लालबाबु कवाडीको अध्यक्षतामा शुव्रmबार बर्दीबास नगरपालिकामा बसेको समितिको बैठकले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०७९ को दफा १० बमोजिम जग्गा दर्ताका लागि सर्वसम्मत सिफारिस गरेको हो । बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्री र मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरको सहभागितामा बसेको समितिको निर्णयपछि कलेज स्थापनाको प्रव्रिmया विधिवत् रूपमा अगाडि बढेको जनाइएको छ । 

मधेश कृषि विश्वविद्यालयका रजिस्टार डा. श्रीभगवान ठाकुरका अनुसार यो सिफारिसले कलेज स्थापनाको ढोका खोलेको छ । दर्ता सिफारिसलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल तथा भूमि व्यवस्थापन मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्ले पारित गरेपछि जग्गा दर्ताको प्रव्रिmया पूरा हुने उहाँले बताउनुभयो । 

नगरपालिकाले बर्दीबासमा पशु स्वास्थ्य तथा पशु विज्ञान सङ्काय सञ्चालनको पहल यो विश्वविद्यालय स्थापना भएदेखि नै चालेको थियो । २०७९ साल मङ्सिरमा नवनिर्वाचित प्रमुख प्रह्लाद क्षेत्रीले बर्दीबासमा पशु स्वास्थ्य तथा पशु विज्ञान सङ्काय सञ्चालन गर्न सोही वर्षको पुसमा राष्ट्रिय योजना आयोगमा प्रस्तावना पेस गरेदेखि चर्चामा आएको थियो । 

मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. ठाकुरका अनुसार प्रमुख क्षेत्रीको यो प्रस्तावलाई आयोगले केही समयपछि स्वीकृति पनि ग¥यो । लगत्तै नेपाल सरकारले प्रारम्भमा भेटेरिनरी अस्पताल बनाउन व्रmमागत योजना अन्तर्गत आव ०८०÷८१ मा तीन वर्से अवधिका लागि नौ करोड ५० लाख रुपियाँको बजेट पनि स्वीकृत गरिसकेको छ । 

प्रव्रिmया अगाडि बढ्दै गए पनि जग्गा प्राप्ति नहुँदा कलेज निर्माणमा अन्योल रहेको थियो । पहिलो वर्षका लागि स्वीकृत करिब दुई करोड बजेट त फ्रिज नै भयो । अब भने जग्गा दर्ता प्रव्रिmया अगाडि बढेकाले यस आर्थिक वर्षभित्र संरचना निर्माणको काम पनि अगाडि बढ्ने अपेक्षा गरिएको छ । 

डा. ठाकुरले भन्नुभयो, “चालु आव (०८१÷८२) का लागि पनि दुई÷तीन करोड रुपियाँ बजेट छ । जग्गा दर्ता हुनासाथ सुरुमा भेटेरिनरी अस्पताल, प्रयोगशाला, पशु बेड, स्टाफ क्वाटरलगायत संरचना निर्माणलाई अगाडि बढाइने छ । आगामी तीन वर्षभित्र पूर्वाधार निर्माणका काम सम्पन्न गरी कलेजले मूर्त रूप पाउने छ । बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले पशुपालन क्षेत्रमा आधुनिकीकरण गरी कृषकको जीवनस्तर उकास्ने उद्देश्यले बर्दीबासमा भेटेरिनरी कलेजको स्थापना गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मधेश कृषि विश्वविद्यालय अन्तर्गतको बर्दीबास भेटेरिनरी कलेजबाट उत्पादन हुने दक्ष जनशक्तिले यहाँको पशुपालन र मुलुककै आर्थिक समृद्धिमा योगदान पु¥याउने उद्देश्यले बर्दीबास नगरपालिका सहयोग र सहकार्यका लागि अगाडि बढेको हो ।”