• ८ पुस २०८१, सोमबार

प्रदर्शनमा ‘बमबहादुर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ६ गते । चलचित्र ‘बमबहादुर’ शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको छ । चलचित्रले विशेष गरी भारतको दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पललाई पर्दामा उतारेको छ । बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको ‘बमबहादुर’ का निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले यो चलचित्र निर्माण गरेको बताउनुभयो । 

चलचित्रमा सौगात मल्लको प्रमुख भूमिका रहेको छ । साथै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा र पटकथा जोन राई र रूपेश तामाङले लेख्नुभएको हो भने छायाङ्कन सुजोयकुमार घोष ‘मुन्ना’ को रहेको छ । चलचित्रमा दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको छ । निर्देशक राईका अनुसार चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महìवलाई बुझेका दर्शकका लागि मात्र नभई भारत र नेपालका युवापुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिन पनि महत्वपूर्ण छ । चलचित्रले नेपाली समुदायको सङ्घर्ष र पहिचानको कथा सम्झनामा सुरक्षित राख्ने उद्देश्य बोकेको छ ।