• ४ जेठ २०८१, शुक्रबार

धनुषामा १२ पालिकाको मत सार्वजनिक, ६ पालिका बाँकी

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ ६ गते । स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाको १८ मध्ये १२ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलोसम्म जिल्लाको विदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, धनुषाधाम नगरपालिकाका, नगराईन नगरपालिका, मितिला नगरपालिका, लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका परिणाम सार्वजनिक भएको हो ।

धनुषाको १८ पालिकामध्ये पाँचवटा पालिकामा नेपाली काँग्रेस, तीनवटा पालिकामा जसपा दुईवटामा नेकपा एमालेका उम्मेदवार निर्वार्चित हुनुभएको छ । विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि  बेचन दास तत्मा निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत प्राप्त गरी पालिका प्रमुखमा निर्वाचित हुनुभयो । 

प्रमुख दास यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । शहिदनगर नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

प्रमुखमा जसपाका दिनेशप्रसाद यादव निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ७४३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ९३१ मत प्राप्त गर्नुभएको छ । यस्तै कमला नगरपालिका प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित हुनुभयो । उपप्रमुखमा काँग्रेसकै शिलादेवी मण्डल पुनः निर्वाचित हुनुभयो । उहाँले ३ हजार ८८७ मत हाँसिल गर्नुभयो । ययअघि पनि कमलामा काँग्रेसकै जनप्रतिधि निर्वाचित हुनुभएको थियो । 

यस्तै, धनुषाधाम नगरपालिका प्रमुखमा भने निवर्तमान प्रमुख र उपप्रमुख निर्वाचित हुनुभएको छ । प्रमुखमा बालेश्वर मण्डल पुनः निर्वाचित हुनुभयो । उहाँले ४ हजार ७१८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा काँग्रेसकै विद्यादेवी भुजेल ४ हजार १२५ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।  

यस्तैै, काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहपालिकामा पालिका प्रमुखमा काँग्रसेका उम्मेदवार विनयकुमार यादव निर्वाचिन हुनुभएको छ । उपप्रमुखमा एमालेकी राधादेवी यादव निर्वाचित हुनुभएको   छ । प्रमुखमा निर्वाचित यादवले ५ हजार ५५६ मत पाउनुभएको छ भने उपप्रमुखमा निर्वाचित राधादेवीले ५ हजार ७३० मत प्राप्त गर्नुभएको छ । 

यस्तै, मिथिला बिहारी नगरपालिका प्रमुखमा काँग्रेसका महेन्द्र महतो जिवर्नचित हुनुभएको छ । उहाँले ७ हजार ३१ मत पाउनु भएको छ भने उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ४१४ मत प्राप्त गर्नुभयो । यस्तै, लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा काँग्रेसकी फूलकुमारी यादवनी निर्वाचित हुनुभयो । प्रमुख मिश्रले ३ हजार ७६५ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख यादवनीले ३ हजार ६२८ मत प्राप्त गर्नुभएको हो । 

त्यस्तै, औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्षमा उमाशंकरप्रसाद साह निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार ३२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा पुनम साह २ हजार ९४९ मत ल्याएर निर्वाचित हुनुभयो ।  

जिल्लाको पालिकामध्ये १२ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको र ७ नगरपालिका र एक उपमहानरपालिकाको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका पालिकाहरु जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, क्षिरेश्वारनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, हंसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिका हुन् ।