• ६ पुस २०८१, शनिबार

नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार सम्प्रेषण नगरौं : उपसभामुख

blog

प्रतिनिधि सभाक उपसभामुख इन्दिरा राना सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौं, पुस १ गते । प्रतिनिधि सभाक उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार सम्प्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले राज्य सञ्चालनका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताउनुभयो । उहाँले संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ ।

‘‘तपाईंहरुले कस्तो सूचना दिँदा चाहिं जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ । हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरी समाचारहरु सम्प्रेषण गर्नुपर्ने हुन्छ । राज्य सञ्चालनका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका छ ।,’’ उहाँले भन्नभयो, ‘‘अहिले त डिजिटल प्रविधि पाँचौँ अङ्ग पनि आइसक्यो । पत्रकाहरुले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ । त्यसैले यसरी नलेख्न आग्रह गर्दछौं । संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।’’

उहाँले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।