• ११ पुस २०८१, बिहिबार

जापानले मध्यम आकारका कम्पनीहरुका महिला सहभागीता अनुपात वृद्धि गर्ने

blog

टोकियो, मङ्सिर २९ गते । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरु भएका कम्पनीहरुलाई व्यवस्थापन पदहरुमा महिलाहरुको अनुपात खुलाउन आवश्यक पर्ने विचार गरिरहेको छ ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार यस कदमको उद्देश्य व्यवस्थापकीय भूमिकामा महिलाहरुको सक्रिय नियुक्तिलाई बढावा दिन र सम्भावित रोजगारदाताहरुको मूल्याङ्कन गर्दा जागिर खोज्नेहरुलाई सान्दर्भिक जानकारी प्रदान गर्नु हो ।

मन्त्रालयले गत वर्ष गरेको सर्वेक्षणअनुसार शाखा प्रमुख र माथिको तहमा व्यवस्थापकीय भूमिकामा महिलाको सहभागिता १२.७ प्रतिशत मात्रै रहेको थियो, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम हो ।

तलब असमानता सम्बन्धी पारदर्शिता सुनिश्चित गर्न मध्यम आकारका कम्पनीहरुलाई लैंगिक तलब अन्तर खुलाउन बाध्य पार्ने पनि मन्त्रालयको योजना छ । मन्त्रालयले वर्षको अन्त्यसम्ममा यी उपायहरुलाई अन्तिम रुप दिने र औपचारिकरुपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । रासस/सिन्ह्वा