• २७ मंसिर २०८१, बिहिबार

तालिमले बढायो आत्मविश्वास

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर २७ गते । रुपन्देहीको सैनामैना नगरपालिकामा भएको प्रदेशस्तरीय क्षमता विकास तालिममा सहभागी फरक क्षमता भएकाहरूले आत्मविश्वास बढेको बताएका छन् । तालिमबाट सिकेको ज्ञानले अब कार्यस्थलमा फर्केपछि आफ्ना अधिकारको वकालत गर्न र फरक क्षमता भएकाको सवालमा धेरै काम गर्न मनभित्रैबाट क्षमता बढेको प्रशिक्षार्थीको अनुभव छ । 

एक्सन फर इन्क्लुसिभ प्रोजेक्ट अन्तर्गत फरक क्षमता भएका व्यक्तिको सङ्घ संस्थाका लागि प्रदेशस्तरीय क्षमता विकाससम्बन्धी दुईदिने तालिममा सहभागी तनहुँकी कृष्णा न्यौपानेले आफूले बर्सौदेखि फरक क्षमता भएकाको क्षेत्रमा काम गर्दै आए पनि कतिपय कानुनमा उल्लेख गरिएका, फरक क्षमता भएकाको अधिकारका सवालमा तालिमले धेरै कुरा सिकाएको बताउनुभयो । 

तालिमबाट सरोकारवाला निकायलाई कसरी घचघच्याउने, फरक क्षमता भएकाको समस्या के के छन्, त्यसमा सम्बन्धित निकायसँग समन्वय कसरी गर्ने र त्यसका लागि आगामी दिनमा भूमिकाको खोजी कसरी गर्ने भन्ने विषयमा धेरै कुरा सिक्ने अवसर मिलेको उहाँको भनाइ छ ।