• १० पुस २०८१, बुधबार

अर्नाको आक्रमणबाट एक जना गम्भीर घाइते

blog

देवरामप्रसाद यादव
सप्तरी, मङ्सिर २६ गते ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ३ सखुवनीमा मङ्गलबार अर्नाको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् । स्थानीय ४२ वर्षीय गोपाल खत्री अर्नाको आक्रमणमा परी गम्भीर घाइते हुनुभएको हो ।

आफ्नै खेतमा लगाइएको तोरीबारी हेर्न गएको बेला खत्री अर्नाको आक्रमणमा परी  गम्भीर घाइते हुनुभएको फतेपुर प्रहरी चौकीले जनाएको छ ।

घाइते खत्रीलाई उद्धार गरी कञ्चनरुप १२ स्थित धर्मेस्वर अस्पताल उपचारका लागि गरिएको थियो । तर त्यहाँ उहाँको उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफ गरिएको प्रहरीले जनाएको छ ।