• ११ पुस २०८१, बिहिबार

आपत्कालीन शल्यक्रियापछि ब्राजिलका राष्ट्रपति लुला ‘स्थिर’

blog

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा

साओ पाउलो, मङ्सिर २५ गते । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा  ‘इन्ट्राक्रानियल हेमरेज’ को आपत्कालीन शल्यक्रियापछि ‘स्थिर’ अवस्थामा रहनुभएको र अर्को हप्ता अस्पताल छोड्न सक्ने उहाँका चिकित्सकहरूले मङ्गलबार बताएका छन् ।

उनासी वर्षीय लुलालाई अक्टोबरमा भएको एक घट्नाका कारण टाउको दुखाइसँग सम्बन्धित देखिएपछि रातारात साओ पाउलोको शीर्ष चिकित्सा सुविधा सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो ।

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुकका नेता शल्यक्रियापछि होसमा आउनुभएको र खाना खानुभएको चिकित्सकहरूले एक पत्रकार सम्मेलनमा बताए ।

यसैबीच, उपराष्ट्रपति जेराल्डो अल्कमिनले लुलाको कामको भार सम्हाल्नुभएको थियो ।

अक्टोबर १९ मा लुलाले भोगेको पतनसँग रक्तस्राव जोडिएको अस्पतालले बताएको छ । राजधानी ब्रासिलियामा रहेको राष्ट्रपति निवासको शौचालयमा लड्दा लुलाको टाउकोमा चोट लागेको थियो र उहाँलाई धेरै टाँका लगाइएका थियो ।

सोमबार टाउको दुखेपछि ब्रासिलियामा गरिएको चिकित्सा परीक्षणले इन्ट्राक्रानियल हेमरेज ९रक्तस्राव० फेला पारेको थियो ।

लुलालाई तुरुन्तै सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो । त्यहाँ शल्यचिकित्सकहरूले दबाब कम गर्न टाउकोमा ट्रेपेनेसन–ड्रिलिङ गरेका थिए ।

“मस्तिष्क र ड्युरा मेटर झिल्लीको बीचमा रक्तस्राव भएको थियो, खोपडीमुनि बाक्लो सुरक्षात्मक तह र बायाँपट्टि, फ्रन्टल लोब र प्याराइटल लोबको माथि अवस्थित थियो”, चिकित्सा टोलीका सदस्य मार्कोस स्टाभालले भन्नुभयो, “दिमागमा दबाव कम गरियो र न्यूरोलोजिकल कार्यहरू संरक्षित गरियो ।”

आपत्कालीन अवस्थाबाट उहाँको मस्तिष्कमा कुनै क्षति नभएको अर्का चिकित्सक रोबर्टो कालिलले बताउनुभयो । रासस, एएफपी