जयकृष्ण यादव
इनरुवा , मङ्सिर २५ गते । सुनसरीमा लागू पदार्थ दुर्व्यसनविरुद्धको अभियान प्रभावकारी बनाइने भएको छ । मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेको लागू पदार्थ दुर्व्यसविरुद्धको अभियान (फ्यान) सम्पादन समितिको बैठकले कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलगायतको उपस्थितिमा भएको बैठकले सुनसरीमा लागू पदार्थ दुर्व्यसनविरुद्धको अभियान प्रभावकारी बनाउने निर्णय गरेको फ्यान संयोजक रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
अभियानमा विभिन्न लागूपदार्थ रोकथाम तथा सचेतनामूलक प्रचारप्रसार कार्यक्रम गर्न कार्यविधि बनाउने समितिसमेत गठन गरेको उहाँको भनाइ छ ।
जिल्लाका ७० माध्यमिक विद्यालयमा बालबालिकाहरुको सक्रियतामा विद्यालय स्तरमा लागू पदार्थ दुर्व्यसनविरुद्धको अभियान सञ्चान गरेको र त्यसलाई थप प्रभावकारी बनाउने, दुर्व्यसनविरुद्ध आमाहरु कार्यक्रमलाई निरन्तरता दिने गरी (फ्यान) कार्य सम्पादन समितिको बैठकले थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।