झापा, मङ्सिर २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनु भएको छ ।
झापाको गौरादहमा सोमबार आयोजित ताजपुरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्दै सो समाजको मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो ।