• ९ पुस २०८१, मङ्गलबार

शैलेन्द्रलाई फिडे र्‍यापिड चेस उपाधि

blog

चेसमा उपाधि विजेता खेलाडी ।

भक्तपुर, मङ्सिर २३ गते । तेस्रो राष्ट्रब्यापी फिडे र्‍यापिड चेस प्रतियोगिताको उपाधि काभ्रेका शैलेन्द्र न्यौपानेले जित्नुभएको छ ।

भक्तपुर जिल्लाका पूर्व सिनियर राष्ट्रिय पूर्व राष्ट्रिय खेलाडी स्वर्गाीय केशव नाराण ताम्राकारको स्मृतिमा आयोजित प्रतियोगिाताको अन्तिम चरणमा शैलेन्द्रले निकेन कुसाथालाई पराजित गर्नुभयो । नवौँ चरणको खेलमा उहाँले आठ अङ्क बनाउनुभयो । उपाधिसँगै उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

काठमाडौँका धिरेन राई दोस्रो हुनुभयो । ७.५ अङ्क बनाउनुभएका उहाँले १० हजार रुपियाँ र दुई तोला चाँदीको सिक्का पुरस्कार पाउनुभयो । दुई दिने प्रतियोगितामा सात अङ्क बटुल्नुभएका निकेन कुसाथा तेस्रो हुनुभयो । उहाँले सात हजार रुपियाँ पाउनुभयो ।

धरानका नरसिंह श्रेष्ठ चौथो र भक्तपुरका गणेशमान दुवाल पाँचौँ हुनुभयो । शीर्ष १०औँसम्म रहनेलाई नगद पुरस्कार प्रदान गरियो । प्रतियोगितामा ९३ जना खेलाडीको सहभागिता रहेको थियो । विजेतालाई नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो ।