नवराज सुवेदी
नुवाकोट, मङ्सिर २३ गते । नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र उहाँका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । आज बिहान ९ बजेको समयमा उहाँहरु मृत फेला पर्नुभएको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोलीले छानविन गरिरहेको प्रहरीले जनाएको छ ।
डिएसपी भारतीका अनुसार घटना शङ्कास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।