• ९ पुस २०८१, मङ्गलबार

नगर प्रमुख हमालको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार हुँदै

blog

नगर प्रमुख गोपाल हमाल । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, मङ्सिर २३ गते। स्वास्थ्य समस्या देखिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ। 

धनगढीको मायामेट्रो अस्पतालमा प्रारम्भिक उपचारपश्चात् उहाँलाई थप उपचारका लागि दिल्लीतर्फ लगिएको थियो। मस्तिष्कघात समस्या भएका हमाललाई हिजो साँझबाट म्याक्स हस्पिटलमा भर्ना गरिएको छ। 

उहाँलाई न्युरो इन्टेनसिभ केयर आइसीयु एवम् स्ट्रोक युनिटमा राखेर उपचार भइरहेको नगर प्रमुख हमालका भाइ श्याम हमालले जानकारी दिनुभएको छ। उहाँका अनुसार नगर प्रमुख हमालको विभिन्न जाँच भइरहेको छ। 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा हमाल स्वतन्त्रबाट धनगढीको नगर प्रमुखमा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको थियो।