• ८ पुस २०८१, सोमबार

वामपन्थी एक भएमात्र देश विकास हुन्छः महासचिव गुरुङ

blog

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ । फाइल तस्विर

लमजुङ, मङ्सिर २२ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक भएमात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । आज जिल्लाको दुधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्नुहुँदै उहाँले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । 

सबै दल एकजुट हुन सके राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिरता र स्थायित्व सम्भव रहेको भन्दै महासचिव गुरुङले आफ्नो पार्टी देश र जनताको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएका विकास योजना सरकार परिवर्तन भएसँगै बाँकी रहेको उहाँको भनाइ छ । कम्युनिष्ट शक्तिहरु एक नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायमै रहने उहाँले बताउनुभयो । रासस