नाइजेरिया, मङ्सिर २२ गते । विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा सन्दिग्ध आतङ्कवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको सुरुसम्म ११ हजार ६२३ संदिग्धलाई देशभरबाट पक्राउ गरिएको बताउनुभयो ।
बुबाले यस अवधिमा सेनाको अपरेसन थिएटरहरूमा ६ हजार ३७६ भन्दा बढी बन्दुकहरूलाई उद्धार गरिएको बताउनुभयो । वर्षको सुरुदेखि नै देशभरका पाँच सक्रिय अपरेसन थिएटरहरूमा सेनाले विभिन्न खतराहरूको सामना गरेको उल्लेख गर्नुभयो । सेनाले यस अवधिमा सन्दिग्ध बन्दुकधारीहरूबाट लगभग ८ हजार २१६ हतियार र कुल २ लाख ११ हजार ४५९ गोला बारुद पनि बरामद गरेको छ ।
प्रवक्ताका अनुसार सेनाले यस वर्ष अहिलेसम्म उच्च स्तरको सतर्कता अपनाएको छ । देशलाई थप आतङ्कवादी आक्रमण र असुरक्षाबाट जोगाउनको लागि तयारीको अवस्था बढाएको छ । सिन्ह्वा