दक्षिण कोरिया, मङ्सिर २१ गते । दक्षिण कोरियाका विपक्षी दलहरूले बिहीबार राष्ट्रपति युन सुक–योलको आपतकालीन मार्सल लको घोषणा गरेकोमा संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।
मुख्य उदार विपक्षी डेमोक्र्याटिक पार्टी र बुधबार प्रस्ताव पेश गर्ने अन्य पाँच साना दलहरूले यसलाई शुक्रबार संसदमा भोटका लागि राख्ने योजना बनाएका थिए ।
कानुनअनुसार तीन सय सदस्यीय एक सदन भएको राष्ट्रिय सभाले महाभियोग प्रस्ताव गरेको ७२ घण्टाभित्र गोप्य मतदान गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार महाभियोग प्रस्ताव बहुमत सांसदबाट पारित भएको र राष्ट्रिय सभाका कम्तीमा दुई तिहाई सांसदले अनुमोदन गरेको हुनुपर्नेछ ।
प्रस्ताव पारित गर्न सत्तारुढ दल जनशक्ति पार्टीका १०८ सांसदबाट विपक्षी दलको आठ मत आवश्यक हुनेछ । यदि यो पारित भयो भने संवैधानिक अदालतले यसलाई १८० दिनसम्म विचार गर्नेछ । जसको अवधिमा यूनको संवैधानिक शक्तिहरू निलम्वित हुनेछन् र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुने छन् ।
यदि युनविरुद्धको महाभियोग अदालतबाट मान्य भयो भने ६० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ । संसदले यसको विपक्षमा मतदान गरेपछि युनले मङ्गलबार राति मार्सल लको घोषणा गर्नुभएको थियो । बुधबार बिहान यसलाई खारेज गरिएको थियो । मन्त्रिपरिषद्को बैठकले खारेज गर्ने निर्णय गरेको हो ।
यसैबिच जनशक्ति पार्टीका सांसदहरूले बिहीबार बिहान युनको महाभियोगको विरोध गर्न सहमत भएका थिए । सत्तारुढ दलका विधायकहरूले बिहीबार प्रारम्भिक संसदीय पूर्ण सत्रमा सामेल हुन अस्वीकार गरेका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल