• ८ पुस २०८१, सोमबार

एनपीएल : कर्णालीले दियो काठमाडौँलाई १५० रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर १९ गते । ओपनर शिखर धवनको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि काठमाडौँ गुर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनायो ।

कर्णालीका लागि धवनले ७२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५१ बलमा चार चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै चाडविक वाल्टनले २१, जीसन मक्सुदले १४, बाबर हायातले १३ र गुलशन झाले १२ रन बनाउनुभयो । 

बलिङमा काठमाडौँका जेरार्ड इरास्मसले दुई विकेट लिनुभयो । करण केसी, नाथन साउटर र दीपेश कँडेलको एक एक विकेट झार्नुभयो ।