• ८ पुस २०८१, सोमबार

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकुको मृत्यु

blog

नयाँदिल्ली, मङ्सिर १६ गते । छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।

तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकुहरूको खोजी गरिरहेका समय  ‘ग्रेहाउन्ड’का जवान र भारतीय माओवादी समूह (नक्सलवादी) बिच मुठभेड भएको हो ।

घटनास्थलबाट दुई थान एके–४७ राइफल, एक इन्सास राइफलका साथै अन्य हातहतियार, विस्फोटक पदार्थ र दैनिक उपभोग्य सामग्रीबरामद भएको प्रहरीले जनाएको छ ।

मुलुगु जिल्लाको चालापाका वन क्षेत्रमा बिहान ५ः३० बजे सन्दिग्ध माओवादी लडाकुसँग मुठभेड भएको थियो । एक घण्टाभन्दा बढी चलेको मुठभेडमा सात जना मारिएका थिए ।

उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य केही माओवादी घाइते भएको हुन सक्ने अनुमान गरिएको छ । रासस/एएफपी