• १३ मंसिर २०८१, बिहिबार

वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्टले गर्नुपर्छ : मोहन वैद्य

blog

पार्टीको राष्ट्रिय एकता महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य ।

काठमाडौँ, मङ्सिर १३ गते। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले  वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले लिनुपर्ने बताउनुभएको छ। 

बिहीबारबाट काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले यस्तो बताउनुभएको हो। काठमाडौँको नयाँ सडकमा आयोजित सभालाई सम्बोधन गर्दै संयोजक वैद्यले भन्नुभयो, ‘आज क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा भएपनि भोलि बलियो हुनेछ। यो कुरा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले पनि प्रमाणित गरेको छ। अब वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले नै गर्नुपर्छ।’

उहाँले मुलुकमा क्रान्तिका लागि परिस्थिति अनुकूल बन्दै गएको दाबी समेत गर्नुभयो। संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकलाई सङ्कटको डिलमा पुर्‍याएको आरोपसमेत लगाउनुभएको छ।