• २३ पुस २०८१, मङ्गलबार

‘दक्षिणी लेबनानमा सेनाको उपस्थिति सुदृढ पार्छौं’

blog

लेबनानका प्रधानमन्त्री नाजिब मिकाती । तस्विरः सिन्ह्वा

गोरखापत्र अनलाइन

लेबनान, मङ्सिर १३ गते । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने बताउनुभएको छ । इजरायललाई हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौताअनुसार लेबनानी–अधिकृत क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गर्नुभयो । 

युद्धविरामको पहिलो दिनमा मन्त्रिपरिषद् बैठकपछि मिकातीले लेबनानी सरकार संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई सबै प्रावधानहरूमा लागू गर्न प्रतिबद्ध रहेको बताउनुभयो । युद्धविराम सम्झौताअनुसार लेबनानी सेनाले आउँदो ६० दिनभित्र आफ्नो क्षेत्र आफ्नो नियन्त्रणमा लिने बताउनुभयो । (सिन्ह्वा)