• २३ पुस २०८१, मङ्गलबार

मिक्लाजुङ र जापानको स्पेसटाउनबिच भगिनी सम्बन्ध

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, मङ्सिर ११ गते । मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउन सहरबिच भगिनी सम्बन्ध कायम भएको छ । स्पेसटाउनका मेयर हिरोयासो कोजोनोको निमन्त्रणामा जापान पुग्नुभएका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष र मेयर हिरोयासोबिच दुईपक्षीय भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ ।  

कार्यत्र्रmममा प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माले भात खान सङ्घर्ष गरिरहेका मिक्लाजुङ र अन्तरिक्षमा बस्ती बसाउन अध्ययन गरिरहेको स्पेसटाउनबिचको सम्बन्धले मोरङको यस गाउँपालिकाको स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक विकासमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो । 

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दुई देशबिचमा रहेको सम्बन्ध नागरिक नागरिकबिचमा पुग्ने धारणा राख्नुभयो ।  मिक्लाजुङ गाउँपालिका र स्पेसटाउनबिच कायम हुन लागेको भगिनी सम्बन्ध दिगो र प्रभावकारी बनाउन र दुई पालिकाबिचको सहयोग आदानप्रदान जारी राख्न सकारात्मक रहेको बताउनुभयो । 

यस्तै नेपाली टोलीले जापानका सांसद कुबोटा तेत्सुयासँग भेटघाट गरेको छ । भेटका क्रममा अध्यक्ष राईले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सांसद कुबोटालाई आग्रह गर्नुभएको छ । 

भेटमा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले भेटघाटले दुई देशबिचको सदियौँ पुरानो सम्बन्ध अझ प्रगाढ हुने धारणा राख्नुभयो । कांग्रेस नेता चिरञ्जीवी थापा तथा व्यवसायी जीवन खड्काले भेटघाट र शिष्टारको प्रबन्ध मिलाउनुभएको हो ।