• १० जेठ २०८१, बिहिबार

जैमिनी नगरपालिकामा जनमोर्चा विजयी

blog

बागलुङको जैमिनी नगरपालिकामा निर्वाचित प्रमुख नरबहादुर थापा र उपप्रमुख हरिहर शर्मा । तस्विरः

बागलुङ, जेठ ४ गते । बागलुङको जैमिनी नगरपालिकामा पाँचदलीय गठबन्धनका  प्रमुखमा साझा उम्मेदवार जनमोर्चाका उम्मेदवार नरबहादुर थापा विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्मा विजयी हुनुभएको छ । 

नगर प्रमुखमा थापाले आठ हजार ७५५ मत ल्याउँदा रानाले दुई हजार ८७३ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा काँग्रेसका हरिहर शर्माले  नौ हजार १७३ मत प्राप्त गर्दा एमालेकी उषा पौडेलले दुई हजार ६३६ मत ल्याउनुभयो । 

थापा पहिलो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारसँग पराजित हुनुभएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाले नेकपा  एमालेसँग चुनावी एकता गरेको  थियो । जैमिनी नगरपालिकामा पटक प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेससँग चुनावी तालमेल भए पछि जनमोर्चाले सहज जित निकालेको हो । 

जैमिनी नगरपालिकाको १० वटा वडामध्ये वडा- १, २, ५, ७ र ८ गरी पाँच वटा वडामा काँग्रेस, वडा- ४ मा नेकपा (एस), वडा– ६ मा माओवादी केन्द्र, वडा- ९ मा नेकपा एमाले र वडा- ३ र १० गरी दुई वटा वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । 


Author

नवीन शिशिर विक