• ७ मंसिर २०८१, शुक्रबार

मिक्वाखोलामा मङ्सिर ९ र १० गते बिदा

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ७ गते। ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय बिदा दिएको छ। गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ को अवसरमा सो बिदा दिएको हो।

गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साँवाको तेम्बामा शुक्रबारदेखि चार दिने अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव सुरु भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले सूचना जारी गर्दै उक्त ऐतिहासिक महोत्सवको अवसरमा आइतबार र सोमबार अर्थात् मङ्सिर ९ र १० गते दुई दिन स्थानीय बिदा दिएको उल्लेख गरिएको छ। 

बिदाको दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ।  २०४५ सालदेखि सुरु भएको फुङ्फुगे युवा मेला माओवादी सशस्त्र द्वन्द्व सुरु भएपछि बन्द भएको थियो। मेला आयोजना हुन छोडेको करिब २९ वर्षपछि सोही मेलाको निरन्तरतास्वरुप यसपटक अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव आयोजना गरिएको हो।