काठमाडौँ, मङ्सिर ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताउनुभएको छ।
नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
उहाँले मङ्सिर १७ गतेदेखि छिमेकी चीनको भ्रमण गर्दै हुनुहुन्छ। उहाँले भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पार्नुभएको छ। उहाँले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने बताउनुभयो।