• ७ मंसिर २०८१, शुक्रबार

बालकथा शृङ्खला बजारमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ६ गते । चिनियाँ उपन्यास ‘पश्चिम दिशाको यात्रा’ लाई कथालयले बाल चित्रकथा शृङ्खलाका रूपमा बजारमा ल्याएको छ । चिनियाँ चर्चित लोक उपन्यासमध्येको एक ‘पश्चिम दिशाको यात्रा’ मा भारत भ्रमणमा हिँडेका एक बौद्ध भिक्षु र पछि उनीसँग साथ लागेको साहसिक र चतुर बाँदरको विस्तृत वर्णन छ । मिङ वंशको समय अर्थात् सोह्रौँ शताब्दीमा प्रकाशनमा आएको उपन्यासमा एक सय भाग छ । 

टाङ वंशका बौद्ध भिक्षु सुआन ज्याङको मध्य एसिया र भारत यात्रामा आधारित उपन्यासले चिनियाँ लोककथा र स्थानीय परिवेशलाई चित्रण गरेको छ । मूलतः उपन्यासले चिनियाँ लोककथा, बौद्धिक दर्शन, धार्मिक यात्रा, शक्ति र सद्भावको कथा बोकेको छ ।

उपन्यासको अनुवाद डा. राजु अधिकारी र सम्पादन प्राडा धु्रवकुमार घिमिरेले गर्नुभएको छ ।