• ३ मंसिर २०८१, सोमबार

स्वतन्त्रसहित चौध जनाको उम्मेदवारी

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर ३ गते । आसन्न स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा हुने उपनिर्वाचनका लागि वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार वडाध्यक्ष पदका लागि पाँच जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा व्रिmयाशील नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

दलहरूले बाजागाजासहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 

उम्मेदवारी दर्ता गराउन दलका स्थानीय तहका जनप्रतिनिधिदेखि सांसद र नेतासम्म दलबलसहित पुगेको देखिन्थो । निर्वाचन अधिकृतको कार्यालय पुगेर सबैभन्दा पहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ता गराएको थियो । रास्वपाले वडाध्यक्ष पदमा आशावीर बलको उम्मेदवारी दर्ता गरेको छ ।

वडाध्यक्षमा माओवादी केन्द्रले रविकुमार प्रधान, कांग्रेसले अर्जुन तिवारी, एमालेले राजेश नगरकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेम लामा भोलन, नेकपा (एकीकृत समाजवादी) ले बलराम बल, जनता समाजवादी नेपालले छविलाल वाइबा, मङ्गोल अर्गनाइजेसन नेपालले दीपा लामा र नेपाल मजदुर किसान पार्टीले फूलमाया तितुङको उम्मेदवारी दर्ता गराएको छ । 

यस्तै स्वतन्त्र अर्जुन घलान, कुमार पोख्रेल, गीताकुमारी नेवार, छत्रप्रकाश अधिकारी, युनेश लामा सिन्तानले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आयोगको निर्वाचन कार्यव्रmम अनुसार सोमबार उम्मेदवारविरुद्ध दाबी विरोध दर्ता गर्ने कार्यतालिका रहेको छ । २०७९ वैशाखमा भएको निर्वाचनबाट वडाध्यक्षबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष बन्नुभएपछि रिक्त हुन गएको वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।