• ७ मंसिर २०८१, शुक्रबार

पाल्पा दरबार अब सधैँ उज्यालो

blog

दरवारको अनुगमन गर्दै मन्त्री प्रचण्डविक्रम न्यौपाने । तस्विरः विन्दु थापा

बिन्दु थापा 

पाल्पा, कात्तिक २६ गते । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयलाई चौबिस घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उज्यालोको व्यवस्था नहुँदा दरबार क्षेत्र अँध्यारो हुने गर्दथ्यो । 

लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेले दरबार सङ्ग्रहालयमा तत्काल वैकल्पिक उज्यालोको व्यवस्था गर्न निर्देशन दिएलगत्तै अहिले इन्भर्टर जडान गरेर उज्यालो बनाइएको हो । मन्त्री न्यौपानेले अनुगमन गर्दै भन्नुभयो, ‘पर्यटक कसरी बढीभन्दा बढी भित्र्याउने, प्रदेशको आर्थिक समृद्धि गर्ने भन्ने मुख्य लक्ष्य सरकारको छ, पर्यटकलाई आकर्षित गर्ने यस्ता महत्वपूर्ण पर्यटकीय थलोमा समस्या छन्, यी सबै समस्या समाधान गरेर पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने योजनाका साथ हामी लागेका छौं ।’ 

उहाँले अन्य पर्यटकीय स्थलहरुमा समेत देखिएका साना तथा ठुला समस्या समाधानका लागि सक्रिय रुपमा लागेको बताउनुभयो । सङ्ग्रहालयका कार्यकारी निर्देशक श्यामकुमार पौडेलले भन्नुभयो, “दरबार सङ्ग्रहालयमा वैकल्पिक उर्जाको कुनै पनि व्यवस्था थिएन, विद्युत् नभएको समयमा सङ्ग्रहालय अँध्यारो रहने अवस्था थियो’ ‘सङ्ग्रहालय अँध्यारो हुँदा अनुगमनका लागि आउने पर्यटकबाट लामो समयदेखि गुनासो सुन्दै आएका थियौं, वर्तमान पर्यटन मन्त्रीसमक्ष हामीले समस्याका बारेमा जानकारी गरायौं, तत्काल उहाँबाट हाम्रो समस्या सम्बोधन भएको छ ।’