• ८ मंसिर २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

blog

गाईपूजा गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल । तस्विरः रासस

काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवीलक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ। 

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको हो । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । 

यसोगर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ । रासस