काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा खेलको ८१ औँ मिनेटमा नेपालविरुद्ध बङ्गलादेशले २–१ को अग्रता लिएको छ । खेलको ८१ मिनेटमा रितु चक्माले नेपालविरुद्ध दोस्रो गोल गर्नुभएको हो ।
यसअघि खेलको ५२ मिनेटमा नेपालको डिफेन्सको कमजोरीलाई उठाउँदै बङ्गलादेशका मोनिका चक्माले गोल गर्नुभएको थियो । त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काउनुभएको थियो ।