• २७ पुस २०८१, शनिबार

साफ महिला च्याम्पियनसिप फाइनल नेपाल र बङ्गलादेशको खेल : अग्रपङ्क्तिमा स्ट्राइकर सावित्रा भण्डारी मात्र

blog

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल सुरु भएको छ । 

बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन भएको छ । रेखा पौडेलको स्थानमा सरूँ लिम्बुलाई मौका दिइएको छ । यसअघि भारतविरुद्धको सेमिफाइनलमा रेखालाई रातो कार्ड दिइएका कारण उहाँले खेल्न नपाउनुभएको हो।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली खेलाडीमा पूजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरूँ लिम्बु, सावित्रा भण्डारी, गीता राना, प्रीति राई, सविता राना मगर र अभिष कार्की हुनुहुन्छ । अतिरिक्त खेलाडीमा उषा नाथ, समीक्षा घिमिरे, रश्मि कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, अञ्जना रना मगर, निशा थोकर र रजनी थोकर हुनुहुन्छ । प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मैदानमा पुगेर फुटबल हेर्दै हुनुहुन्छ । उहाँको साथमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै मैदानमा पुगेर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित विशिष्ट व्यक्तित्व मैदानमा पुगेर शुभकामना दिनुभएको हो । 

सुरुवातमा बङ्गलादेश आक्रामक देखिएको छ। दोस्रो मिनेटमै कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको छ। नेपालले आज अग्रपङ्क्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) मात्र राखेर खेलेको छ।