• १९ पुस २०८१, शुक्रबार

आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग तीन विकेटले पराजित

blog

काठमाडौँ, कात्तिक १२ गते । नेपाल आइसिसी विश्वकप लिग-२ मा अमेरिकासँग तीन विकेटले पराजित भएकोछ ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार राति भएको खेलमा जितका लागि दुईसय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा सात विकेटको क्षतिमा दुई सय ९१ रन जोड्दै पूरा गरेको हो । 

अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले सर्वाधिक एक सय चार रन बनाउनुभयो । उहाँले ९७ बलमा १२ चौका र चार छक्काको सहयोगमा सतकीय पारी खेल्नुभयो । 

कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्ली भान सालवेकले अविजित २९, साइतेजा मुकामल्ला र जसदीप  सिंहले समान ११ रन बनाउनुभयो । 

बलिङ्मा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । उहाँले ६ ओभरमा २३ रन खर्चिनु भएको थियो । यस्तै सोमपाल कामीले दुई तथा ललित राजवंशीले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सवै विकेटको क्षतिमा दुई सय ८६ रन बनाएको थियो । 

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाउनुभयो । उहाँले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

ओपनर अनिल शाहले ५६ र आसिफ शेखले ५२ रन बनाउनुभयो । आरफि शेखले ३७, दीपेन्द्रसिंह ऐरीले १३ र कुशल भुर्तेलले ११ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा अमेरिकाका अमेरिका नोस्थुस केन्जिगेले चार विकेट लिनुभयो । सौरव नेत्राभाल्करले दुई तथा हरमित सिंह, शाड्ली भान सालवेक र जसदीप सिंहले एक एक विकेट लिनुभयो ।

यससँगै लिग-२ को नौ खेलमा सात हार, एक जित र एक खेल वर्षाका कारण एक एक अङ्क बाँडेको नेपाल तीन अङ्कसहित सातौँ स्थानमा छ । १० खेल सकेको खमेरिका १४ अङ्कसहित दोस्रो स्थानमा छ । 

अब नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।