• २६ पुस २०८१, शुक्रबार

ग्लोबललाई ‘बेस्ट बैङ्क अवार्ड’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कत्तिक १२ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । संयुक्त राज्य अमेरिकामा शनिबार आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउन्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गर्नुभयो । 

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैङ्क र वाणिज्य बैङ्कहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्दछ । 

बैङ्कका अध्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैङ्कलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउनुभयो । 

ग्लोबल फाइनान्सले २०२४ का लागि हङकङको एचएसबिसी, संयुक्त राज्य अमेरिकाको बैङ्क अफ अमेरिका, भारतको स्टेट बैङ्क अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैङ्क, नेपालको ग्लोबल आइएमई बैङ्क, मलेसियाको मे बैङ्क, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैङ्कलगायतका विश्वभरका विभिन्न बैङ्कलाई विभिन्न  विधामा सम्मानित गरेको हो ।