गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १२ गते । दर्शकको मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । अमेरिकाको टेक्सस राज्यमा ३० भन्दा बढी सोसहित शुक्रबारबाट चलचित्रको प्रदर्शन सुरु भइसकेको छ ।
चलचित्र कोलोराडो, न्युह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टनलगायत २० भन्दा बढी राज्यमा प्रदर्शनमा आउने अमेरिकाका लागि चलचित्रका वितरक रविन कार्की ‘रायन रेज’ ले जानकारी दिनुभयो । यसअघि अक्टोबर ३ मा नेपालसँगै क्यालिफोर्नियाका विभिन्न थियटरमा यो चलचित्र प्रदर्शनमा आएको थियो । चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्काका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्टलगायतको अभिनय रहेको छ ।