नेपालगन्ज समाचारदाता
नेपालगन्ज, कात्तिक ११ गते । बाँकेका कलाकर्मीको भेलाले बाँके कला केन्द्रको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा सुन्दर गुरुङ हुनुहुन्छ । सदस्यमा जितबहादुर थापा, गणेश विष्ट, अनिता विक, ऋतु सिंह, अर्चना, मदन लामा, वीरेन्द्र यादव, भगतराम थारू, मिलन गुरुङ, जिनु हक, खेगेन्द्र गौतम र नितेश विक हुनुहुन्छ । भेलाले १३ जनाको सल्लाहकार कमिटीसमेत गठन गरेको छ ।