• ८ मंसिर २०८१, शनिबार

जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक: वनमन्त्री ठकुरी

blog

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी शनिबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, कात्तिक १० गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थानीय स्तरमा जलवायु सङ्कटसँग जुध्न र नेपालले बढीभन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री ठकुरीले जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ट प्रमाणहरू नेपालसँग रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको जानकारी दिनुभयो ।

‘‘स्थानीय स्तरमा जलवायु सङ्कटसँग जुध्न र नेपालले बढीभन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक छ । जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ट प्रमाणहरू छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘जस्तै खानेपानीका स्रोतहरू सुकिरहेको अवस्था छ । कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ । बाढी, पहिरो लगायतका जलवायुजन्य विपत्तिहरूले निरन्तर पुर्‍याइरहेको क्षतिका बारेमा विभिन्न जिल्लाहरूबाट आउनुभएका जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मीहरूलाई थाहा नै छ ।’’

मन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको स्रोत, पर्यटन र स्वास्थ्यलगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणामहरू देखिएको बताउनुभयो । जलवायु परिवर्तनबाट परेका असरहरूको समाधानका लागि एकीकृत भई सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।