• १२ कात्तिक २०८१, सोमबार

धारिलो हतियार प्रहार गरी हत्या

blog

बोमलाल गिरी

नवलपुर, कात्तिक १० गते । नवलपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं. ९ विशालटारका ३० वर्षीय अर्जुन नेपालीले सोही ठाउँका २९ वर्षीय मिलन मानन्धरलाई धारिलो हतियारले पेटमा प्रहार गरी हत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।

हतियार प्रहारबाट घाइते भएका मानन्धरको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेशी साहले जानकारी दिनुभयो ।

मानन्धरलाई घाइते बनाई भाग्दै गरेका नेपालीलाई प्रहरी टोलीले  कावासोती नगरपालिका-१६ डन्डामा फेला पारी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिनुभयो ।