जननी तिम्रो ऋण तिर्नु कहिले ।
सम्झि रहन्छु बरु नित्य अहिले ।।
तिम्रै दयालु चित्तको बुत्ति पाउँ ।
सम्झेर बात्सल्य त्यसमै रमाउँ ।।
सहेर पीडा प्रसवको अपार ।
जतनले जोगायो गरि स्याहार ।।
सन्तान सुख निम्ति दुःख भुलेर ।
हुर्कायो काख लिई बोकी डुलेर ।।
दया र माया छ करुणा विचित्र ।
ब्रह्माण्ड नै अट्छ आमाभित्र ।।
धरती !भनौँ देवी ! भनि पुकारौँ ।
आमाको महिमा कसरी उतारौँ ।।