• ८ मंसिर २०८१, शनिबार

दुर्घटनामा दुईको मृत्यु

blog

गोकर्ण पौडेल

तुलसीपुर कार्तिक १० गते ।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर(३ साततलेमा आज बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परी जिप चालक दंगिशरण गाउँपालिका(४ बैबाङका २२ वर्षीय हिरामणी बुढामगर र सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा ५ जना सवार रहेको र अरू तीन जना पनि गम्भीर घाइते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका ६ बस्ने वर्ष ३१ कि देवा वली, उहाँको छोरा वर्ष १३ को महेश वली र १० वर्षीय जीवन वली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा रिफर गरिएको छ ।