• २५ पुस २०८१, बिहिबार

नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलको आवश्यकता हो : मुख्यमन्त्री कँडेल

blog

बैठकपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत ।

सल्यान, कात्तिक ७ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नुः अहिलेको प्रमुख आवश्यता भएको बताउनुभएकोछ। 

बुधबार सल्यानमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कँडेलले लामो समयको संघर्षपछि राजनीतिक परिर्वतन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको हो। 

‘‘गणतान्त्रिक व्यवस्था ल्याउन हामी सबै मिलेर संघर्ष गरेका हौँ’’, मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘‘व्यवस्थाका लागि संघर्ष गर्दा जनता समक्ष गरिएका बाचा पनि बिर्सनु हुँदैन।’’

दलका नेता र जनप्रतिनिधिमध्ये कोही कसैले गलत ग¥यो भन्दैमा व्यक्तिको गल्तीलाई सिंगो व्यवस्थामामाथि नै दोष लगाएर जनतामा वितृष्णा फैलाउने काम भइरहेको भन्दै मुख्यमन्त्री कँडेलले व्यवस्थामाथि लान्छाना लगाउनु भन्दा आफ्ना काम र कर्तव्यमा जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।  

व्यक्ति विशेष खुशी बनाउने नाममा अनेकन विकृति भित्रिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले व्यक्ति खुशी बनाउनुभन्दा नीति र निर्णय राम्रो बनाउन सके सबैले लाभ लिन सक्ने परिस्थिति निर्माण हुनेमा जोड दिनुभयो।

जिल्लास्थित स्थानीय तहका प्रमुख एवम् सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले संविधानले तीनै तहका सरकारलाई आआफ्ना सीमा क्षेत्र तोकेको बताउँदै तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले अघि बढनुपर्ने बताउनुभयो।