• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाको गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

blog

गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा निर्वाचित ज्ञानु सेटीलगायत । तस्बिरः सामाजिक सञ्जाल ।

पुष्कर भण्डारी
डडेलधुरा, वैशाख ३१ गते।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिक अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो।  कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार इन्द्रबहादुर कार्की तीन हजार १८४ मतसहित विजयी हुनुभएको हो। 

उपाध्यक्षमा कांग्रेसकै ज्ञानु सेटीले तीन हजार १३ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत दिलिप तामाङ्गले जानकारी दिनुभयो। गाउँपालिका अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले १७ सय तीन मत मात्रै प्राप्त गर्नुभयो। 

गन्यापधुरामा एमाले र बिपी कांग्रेसले गठबन्धन गरेका थिए। गाउँपालीकामा जम्मा सात हजार मत खसेको थियो।  गन्यापधुरा गाउँपालिका-३ मा काँग्रेसका उम्मेदवार चक्र देउवा ६२८ मतसहित विजयी हुनुभएको छ। उहँका प्रतिद्वन्द्वी माओवादी, समाजवादीका सयुक्त उम्मेदवार गणेशबहादुर सार्कीले २५६ मतमात्रै प्राप्त गर्नुभएको छ। 

गाउँपालिका मुकाम बडाल गन्यापधुरा गाउँपालिका– २ मा कांग्रेसका मनोज देउवा विजयी हुनुभएको छ। गन्यापधुरा गाउँपालिका–४ को वडा अध्यक्षका कांग्रेसका नरेन्द्र भट्ट विजयी हुनुभएको छ।  वडा नम्बर ५ मा कांग्रेसका सिपि रोस्यारा विजयी हुनुभएको छ। गन्यापधुरा गाउँपालिका-१ मा भने कांग्रेस बिपीसँग नेपाली कांग्रेस पराजित भएको छ। 


गन्यापधुरा गाउँपालिका अध्यक्षमा निर्वाचित इन्द्रबहादुर कार्की