• ८ मंसिर २०८१, शनिबार

पोखराको चोकमा रास्वपाका कार्यकर्ताको प्रदर्शन

blog

पोखरामा विरोध प्रदर्शनको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, कात्तिक ३ गते ।
 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उहाँलाई शनिबार बिहान पोखरा ल्याइएको हो । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सरकारले लामिछानेलाई षड्यन्त्रपूर्ण तवरले पक्राउ गरेको भन्दै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शनको तयारी थालेको हुन्  ।