• ४ जेठ २०८१, शुक्रबार

भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता

blog

भक्तपुर नगरपालिकाको भवन व्यासीमा भक्तपुर नगरपालिकाको मतगणना गर्दै । तस्बिरः लक्ष्मी गारु, रासस

काठमाडौं, वैशाख ३१ गते। भक्तपुर जिल्लाको चार वटै स्थानीय तहमध्ये भक्तपुर नगरपालिका प्रमुखमा र उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीको ठूलो मतान्तरका साथ अग्रस्थानमा छ। 

प्रमुखमा नेमकिपाले २११०, उपप्रमुखमा २१२५ मत प्राप्त गरेको छ। यसैगरी, प्रमुखमा नेकपा एमालेले १८१, उपप्रमुखमा १७५, काँग्रेस प्रमुखमा २४६, उपप्रमुखमा १४०, माओवादी केन्द्रको प्रमुखमा ९७, उपप्रमुखमा १०८, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुखमा ४९, उपप्रमुखमा ५५ र एकीकृत समाजवादी प्रमुखमा ४, उपप्रमुखमा १०९ मत प्राप्तसहित पाँचौं स्थानमा छ। 

भक्तपुर चाँगुनारायण नगरपालिका प्रमुखमा नेकपा एमालेको १२०, नेपाली काँग्रेसको १२९, माओवादी केन्द्र १९, राष्ट्रिय प्रजातन्त्र पार्टीको ७८, नेककिपाको २६ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिनुभयो। यसैगरी, उपप्रमुखमा, एमालेको १४७, कांग्रेसको ११४, माओवादी केन्द्रको १४, राप्रपाको ६१, नेमकिपाले २५ मत प्राप्त गरेको छ।

मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा एमालेको ७१२, काँग्रेसको ९९२, राप्रपाको ६०, नेमकिपाको २५ मत खसेको छ। साथै, नगर उपप्रमुखमा एमालेको ८३०, माओवादी केन्द्रको ६४४, राप्रपाको ६८ र नेमकिपाको २१ मत खसेको छ। 

सूर्यविनायक नगरपालिकाका प्रमुखमा एमालेले ४२८, काँग्रेसको ६६३, माओवादी केन्द्रको २५, राप्रपाको १५०, नेमकिपाले २९ मत प्राप्त गरेको छ। यसैगरी, उपप्रमुखमा एमालेको ४३२, माओवादीको २४, राप्रपाको २१९, नेमकिपाको ३५ र एकीकृत समाजवादीले २२६ मत प्राप्त गरेको छ।