• ८ मंसिर २०८१, शनिबार

लोप हुँदै परम्परागत जाँतो

blog

प्युठानको ऐरावती गाउँपालिका वडा ६ स्थित एक घरमा भेटिएको जाँतो । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २५ गते । गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ । पहिले हरेक घरमा जाँतो हुने गरे पनि अहिले खोज्दा पनि नभेटिने अवस्थामा पुगेको छ ।

जाँताको माध्यमबाट घरमा उपभोग गरिने आँटो पिठो पिस्ने प्रचलन रहिआएको थियो । पछिल्लो समय हरेक गाउँमा बिजुली पुगेपछि घर घरमा कुटानी पिसानी गर्ने साना साना विद्युतीय उपकरण (मिल) पुगेपछि परम्परागत रूपमा रहेको जाँतो लोप हुने अवस्थामा पुगेको हो । 

अहिले जाँतो यदाकदा कसैका घरमा देखिए पनि प्रयोग भने हुने गरेको छैन । जाँतोका साथसाथै परम्परागत रूपमा रहेका ढिँकी कोल लगायतका वस्तुहरू समाजबाट लोप हुने अवस्थामा छन् ।