• २७ पुस २०८१, शनिबार

लोप हुँदै गएको रोटेपिङको जगेर्ना

blog

दसैँको अवसर पारेर मनहरीमा सञ्चालन गरिएको काठको रोटेपिङ ।

हेटौँडा समाचारदाता

हेटौँडा, असोज २५ गते । लोप हुँदै गएको रोटेपिङको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिर परिसरमा दसैँको अवसर पारेर सञ्चालन गरिएको छ ।  मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बुधबार पूजापाठ गरेर शुभारम्भ गर्नुभएको हो । रोटेपिङ शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष कालाखेती, पालिका उपाध्यक्ष सीता पुलामी मगर र संस्थाका अध्यक्ष नारायण सुवेदीलगायतले बोल्नुभएको थियो । 

हिन्दु धर्म ग्रन्थमा दसैँका बेलामा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको संरक्षणमा लागि परेको गाउँपालिकाले जनाएको छ ।