• ९ मंसिर २०८१, आइतबार

दुई हजार पदका लागि एक लाखभन्दा बढीको आवेदन

blog

प्रदेश लोक सेवा आयोग बागमतीद्वारा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पेस गरिँदै ।

मकवानपुर समाचारदाता

हेटौँडा, असोज २५ गते  । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशमा पदपूर्तिका लागि एक आर्थिक वर्षमा परेको आवेदनले बेरोजगारीको अवस्था देखाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न सेवा सञ्चालन गर्ने निकायले रिक्त पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशमा माग गरे अनुसारले दुई हजार पदका लागि विज्ञापन गरेकोमा एक लाख जनाभन्दा बढीको आवेदन परेको हो ।

प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा दुई हजार ३७ पदका लागि आवेदन माग गरेकोमा आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल एक लाख सात हजार ४८७ जनाले अनलाइन दरखास्त पेस गरेको जनाइएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पेस गरिएको वार्षिक प्रतिवेदनमा ९४ हजार पाँच जनाको दरखास्त स्वीकृत भएकोमा सबैभन्दा बढी दरखास्त सप्तरी, सर्लाही, रौतहट, धनुषा र महोत्तरी जिल्लाबाट गरेको उल्लेख छ ।

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशका सदस्य सुदर्शन ढकालले प्रदेश प्रमुख देवकोटासमक्ष आयोगको पाँचौँ प्रतिवेदन पेस गर्नुभएको हो ।

आन्तरिक अन्तर सेवातर्फ ५६, अन्तर तहतर्फ ४३, खुला प्रतियोगितातर्फ ९३९, महिलातर्फ ३११, आदिवासी÷जनजातितर्फ २२२, मधेशीतर्फ १३, दलिततर्फ ६४, अपाङ्गतातर्फ १०, पिछडिएको क्षेत्रतर्फ आठ, थारूतर्फ २६ र अल्पसङ्ख्यकतर्फ सात गरी खुला तथा समावेशीतर्फ एक हजार ६९९ र बढुवा विज्ञापनतर्फ ३३८ गरी गत आवमा दुई हजार ३७ पदका लागि दरखास्त माग गरिएको थियो ।

आयोगले गत आवमा विभिन्न सेवा, समूह, उपसमूह र तहका पदको विज्ञापन प्रकाशन गरी ती पदको परीक्षा सञ्चालनलगायतका परीक्षासम्बन्धी कार्यसम्पादन गर्नुका अतिरिक्त आव २०७८/७९ देखि गत आवसम्ममा विज्ञापन भई स्थायी नियुक्तिका लागि सिफारिस हुन बाँकी पदमा उपयुक्त उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आयोगले प्रदेश सरकार, सम्बन्धित स्थानीय तह एवं अन्य सरोकारवाला निकायबाट ती निकायका कर्मचारीको सेवाको सर्तसम्बन्धी कानुन, विभागीय सजायलगायतका विषयमा आयोगबाट ऐनबमोजिम माग भई आएका विषयमा परामर्श उपलब्ध गराउँदै आएको आयोग सदस्य ढकालले जानकारी दिनुभयो । 

साथै गत आवमा विभिन्न सेवा सञ्चालन गर्ने निकायबाट रिक्त पदपूर्तिका लागि आयोगमा माग भए अनुरूप ३६ वटा आन्तरिक अन्तर सेवा विज्ञापन, ३४ वटा अन्तर तह विज्ञापन, १०४ खुला प्रतियोगितात्मक र १८७ वटा समावेशी समूहका गरी जम्मा प्रतियोगितात्मक परीक्षाका लागि ३६१ र बढुवा विज्ञापनको लागि १४९ गरी जम्मा ५१० वटा विज्ञापन प्रकाशन गरिएको थियो । आयोग सदस्य ढकालले गत आवको अवधिमा सञ्चालन भएका विभिन्न सेवा, समूह, उपसमूह र तहका पदको लिखित परीक्षाका लागि जम्मा ६०२ सेट प्रश्नपत्र परिमार्जन गरिएको बताउनुभयो ।

गत आवमा सञ्चालन भएका विभिन्न सेवा, समूह, उपसमूह र तहका पदको लिखित परीक्षामा २० हजार ४०२ महिला र २५ हजार ९८३ पुरुष गरी कुल ४६ हजार ३८५ उम्मेदवार सम्मिलित भएकामध्ये ४५ हजार ५२४ जना खुला, १९ हजार ५७५  जना महिला, सात हजार ९७२ जना आदिवासी/जनजाति, चार हजार ६९३ जना मधेशी, दुई हजार १३२ जना दलित, १४३ जना अपाङ्गता भएका, ११ जनाले पिछडिएका क्षेत्र र एक हजार १२८ थारू समूहमा उपस्थिति रहेको प्रतिवेदनमा भनिएको छ ।

गत आवमा सञ्चालन भएका विभिन्न सेवा, समूह र तहका पदको लिखित परीषापश्चात् प्राप्त हुन आएको ४४ हजार १५१ परीक्षार्थी सहभागी भएका थिए । यस्तै गत आवमा विभिन्न सेवा, समूह, उपसमूह र तहका पदको लिखित परीक्षा नतिजा प्रकाशनबाट एक हजार ७५३ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएकोमा ६०६ जना महिला र एक हजार १४७ जना पुरुष उम्मेदवार थिए । प्रतिवेदनमा गत आवमा ७२३ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएकामध्ये आन्तरिक अन्तर सेवामा ११ जना, तीन जना आन्तरिक प्रतियोगिता, ५३१ जना खुला, १०७ जना महिला, ६४ जना आदिवासी÷जनजाति, छ जना मधेशी र १० जना दलित, दुई जना अपाङ्गता कोटामा सिफारिस भएको उल्लेख छ ।

यसै गरी गत आवमा विभिन्न समावेशी समूहमा कुल २४९ जना उम्मेदवार स्थायी नियुक्ति लागि सिफारिस भएकामध्ये १०८ जना महिला, ५९ जना आदिवासी÷जनजाति, छ जना मधेशी, १० जना दलित र अपाङ्गता भएका चार कोटामा सिफारिस गरिएको थियो । सबैभन्दा बढी आवेदन परेका पाँच जिल्लाबाट कुल १५ हजार ५६५ (१६.६ प्रतिशत) दरखास्त र सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्लामा व्रmमशः मनाङ, मुस्ताङ, म्याग्दी, रुकुमपूर्व र तेह्रथुमबाट ५८९ (०.६३ प्रतिशत) मात्र दरखास्त गत आवमा आयोगमा परेको थियो । 

उहाँले गत आवमा वार्षिक पदपूर्ति कार्यतालिका प्रकाशन, पाँचौँ तहदेखि एघारौँ तहसम्मको विभिन्न सेवा, समूह, उपसमूहका पदको विज्ञापन प्रकाशन, बढुवा समितिले गरेको सिफारिसउपर चित्त नबुझी परेका विभिन्न उजुरी, अन्य परामर्श तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उजुरीको फछ्र्योटलगायतका कार्य गरेको बताउनुभयो । 

काठमाडौँस्थित प्रदेश प्रमुखको आवासमा आयोजित कार्यव्रmममा आयोगको प्रतिवेदन प्रदेश प्रमुख देवकोटासमक्ष बुझाउन  आयोगका सदस्यद्वय ढकाल र शर्मिला नेउपानेलगायत आयोगका कर्मचारी पुग्नुभएको थियो ।