• २० असोज २०८१, आइतबार

उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट चेक हस्तान्तरण गरिँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज २० गते। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट  पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो । 


अन्य सहयोग

यसैगरी, आइतबार नै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले रु ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले रु ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले रु २५ लाख हस्तान्तरण गर्नुभयो । उक्त रकमसहित आजका मिति प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु  १० करोड २६ लाख भएको छ । 


सहयोग गर्ने सबै संस्थाहरूलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताउनुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।