• २६ मङ्सिर २०८२, शुक्रबार

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

blog

काठमाडौँ, मङ्सिर २६ गते । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । 

त्यस्तै, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै र आठ लाख रुपियाँ ठगेको अभियोगमो चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ पर्नुभएको छ ।  

काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापको दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ आज मृत फेला परेका छन् । रासस